Aamsanchar

सिंगापुर पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा अर्जुनधारा एक व्यक्ति पक्राउ

Author Image
मङ्गलवार, वैशाख १२, २०८०

काठमाडौं । सिंगापुर पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिका–१ घर भई काठमाडौं गोंगबु नयाँ बसपार्क बस्ने ४१ वर्षीय ओमनाथ मैनालीलाई प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको लागि सिङगापुर पठाई होटलमा काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा ६ लाख ४० हजार रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर