Aamsanchar

कतारविरुद्ध नेपाल विजयी

Author Image
बिहिवार, वैशाख १४, २०८०

काठमाडौं : सन्दीप लामिछानेले ५ विकेट लिएपछि एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको कतार २५ दशमलव १ ओभरमा ८९ रनमै समेटियो ।

कतारलाई सस्तैमा समेट्न लामिछानेले ५, सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए।

यसअघि कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा आएको नेपाल ४० दशमलब ३ ओभर खेल्दै १ सय ५७ रनमा अलआउट भएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले आउट नभइ सर्वाधिक ४२ रनको योगदान पनि गरे । कप्तान रोहित पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्रसिंह ऐरीले १२, सोमपाल कामी र आरिफ शेखले समान ११/११ रन बनाउँदा अरु खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

समूह एबाट एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरिसकेको नेपाल आज कतारविरुद्ध जित निकाल्दै समूह विजेता बन्न सफल भएको छ । नेपालले खेलेका ४ मध्ये ३ मा जित निकालेको छ भने एक खेल वर्षाले अवरुद्ध हुँदा साउदी अरेबियासँग अंक बाँडेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर