Aamsanchar

जन्मघर तेह्रथुमको आठराई पुगे ओली, बाल्यकालका साथीहरुसँग भेट्ने

Author Image
शुक्रवार, वैशाख १५, २०८०

तेह्रथुम : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जन्मघर तेह्रथुमको आठराई पुगेका छन्।

तीन दिनदेखि कोशी प्रदेशको भ्रमणमा निस्किएका ओलीले आज तेह्रथुमको आठराई-४ मा नवनिर्मित तेह्रथुम बहुप्राविधक शिक्षालयको उद्घाटनका लागि तेह्रथुम पुगेका हुन्। इलामको कार्यक्रम सकेर पाँचथरमा बास बसेका ओली आज तेह्रथुम पुगेका हुन्।

ओलीले आज तेह्रथुममा बाल्यकालका साथीहरुसँग भेट्ने कार्यक्रम रहेको एमाले कोशी प्रदेशअध्यक्ष इन्द्र भण्डारीले बताए। भण्डारीका अनुसार ओली आज तेह्रथुमबाट झापा आइपुग्नेछन् भने भोलि मात्रै काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर