

काठमाडौं – सिन्धुलीमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ८ च ९१३५ नम्बरको कार आज बिहान विपी राजमार्ग अन्तगर्त पिपलभञ्जागमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।

मृत्यु हुनेमा झापा- सुरुङ्गा ४ का कुमार पुरी र काठमाडौं गौरिघाटका सहारा प्रसाईं रहेको सिलवालले बताए। गम्भीर घाइतेलाई काठमाडौं पठाउने तयारी रहेको उनले बताए।
Views: 111

