Aamsanchar

वीरता जेसीजद्वारा ३० दिन ३० कार्यक्रम सम्पन्न गरेर इतिहास रचेको दावी

Author Image
मङ्गलवार, वैशाख १९, २०८०

बिर्तामोड । नेपाल जेसीजले आफ्ना शाखहरुलाई क्रियाशिल र चलायमान बनाउने उद्देश्यले सुरु गरेको जेसीज अफ द मन्थ घोषणा कार्यक्रमले देश भरिका जेसीज शखाहरुमा कार्यक्रम  आयोजना गर्ने होडबाजी नै हुने गरेको छ ।
एक वर्ष, एक पद  एक  कार्यकाल रहने जेसीजको नियम रहेको छ । जस अजुसार शाखा अध्यक्षले एक पटक मात्र नेतृत्व गर्न पाउने भएकाले आफ्नो कार्यकाललाई रचनात्मक बनाउन,  समाजमा आफू परिचित र स्थापित बन्न शाखा अध्यक्षहरु लागि पर्ने गरेका छन् । तथापि  केही शाखाहरु भने अझै पनि समाजमा गुमनाम नै रहेका छन् । झापाका केही शाखाहरु भने निक्कैै सक्रिय र चलायमान रहदै आएका छन् । त्यस्तै झापामा सक्रिय एक जेसीज शाखा हो वीरता जेसीज ।

झापाको बिर्तामोड–१ मा रहेको वीरता जेसीजले एक महिनामा ३० वटा कार्यक्रम गरेर सबैलाई चकित बनाइदिएको छ । सन् २०२३ को नेतृत्व घनश्याम चौधरीले सम्हालेपछि चौधरी नेतृत्वको टिमले अप्रिल महिनामा सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा ३० वटा उत्कृष्ट कार्यक्रम गरेको हो ।
वीरता जेसीजले अप्रिल महिनामा ज्येष्ठ नागरिक सम्मान तथा भोजन ग्रहण कार्यक्रम, स्थानीय सङ्घसंस्थाहरूलाई व्यवस्थित बैठक सञ्चालन तालिम, समय व्यवस्थापन तालिम, संस्था सञ्चालनमा सञ्चालकको भूमिका सम्बन्धी तालिम, उत्कृष्ट नागरिक सम्मान समारोह २०२३ सम्बन्धी अन्तरक्रिया , श्रमिक शिक्षक तालिम, जिल्लास्तरीय अन्तर्पालिका खुल्ला कवड्डी प्रतियोगिता २०७९ उद्घाटन कार्यक्रम, व्यक्तित्व तथा नेतृत्व विकास तालिम, जिल्लास्तरीय अन्तर्पालिका खुल्ला कवड्डी प्रतियोगिता २०७९ समापन कार्यक्रम, वीरता जेसीजका कार्यक्रम संयोजक घोषणा कार्यक्रम, उत्कृष्ट नागरिक सम्मान समारोह २०२३ सम्बन्धी विभिन्न सङ्घसंस्थाहरूसँगको ऐक्यवद्धताको पूर्व तयारी वैठक, नयाँ वर्षको भित्तेपात्रो विमोचन, नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम, एरिया ए प्रेसिडेन्ट मिट कार्यक्रम, उत्कृष्ट नागरिक सम्मान समारोह २०२३ सम्बन्धी कार्यक्रम, खाद्यान्न सामग्री वितरण , प्रजातन्त्र दिवसमा दीप प्रज्ज्वलन, विद्यालयलाई मिनी कुर्सी वितरण, कोरोना संक्रमितलाई पौष्टिक आहार वितरण, विपन्न बालबालिकालाई निःशुल्क कम्प्युटर शिक्षा तालिम , विद्यार्थीलाई पुस्तक बोक्ने झोला वितरण, अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, विपन्न मुसहरलाई जनचेतनासहित झुल वितरण, दृष्टिविहीनलाई पोशाक वितरण, छात्रवासमा पंखा वितरण, जुनियर जेसीजमा आवद्ध हुनेलाई प्रभावकारी भाषणकला तालिम, चौथो बोर्ड वैठक, जेसीज अफ द मन्थ मार्चको अवार्ड वितरण, इ बुलेटिन प्रकाशन तथा विमोचन गरिएको वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीले बताए ।
नेपाल जेसीजका देशभरका जेसीज शाखाहरूमध्ये अप्रिल महिनामा सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा ३० वटा उत्कृष्ट कार्यक्रम गर्ने शाखा वीरता जेसीज सम्भवतः पहिलो भएको उनले दावी गरे । वीरता जेसीजले  यस वर्ष अन्य संस्था र निकायसँग सहकार्य गर्दै सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको उनले बताए ।

सन् १९८१ मा स्थापना भएको वीरता जेसीजले स्थापनाकालदेखि हालसम्मकै सवैभन्दा वढी एक महिनामा ३० वटा कार्यक्रम गर्न सफल भएको भन्दै वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार वस्नेत, पूर्व अध्यक्ष बिनोद बस्नेतले वीरता जेसीजका वर्तमान अध्यक्ष घनश्याम चौधरी र उनको टिमको प्रशंसा गरे ।
वीरता जेसीजका सन् २०२३ का अध्यक्ष घनश्याम चौधरी र उनको टिमले युवाको व्यक्तित्व, नेतृत्व विकास तथा समुदायलक्षित सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा अप्रिल महिनामा ३० वटा उत्कृष्ट कार्यक्रम गरेर वीरता जेसीजमा इतिहास रचेको वीरता जेसीजका पूर्व अध्यक्ष एकराज गिरीले बताए ।
एक वर्षको कार्यकालमा वीरता जेसीजका यसभन्दा अघिका अध्यक्ष र उनीहरुको टीमले वढीमा ९० वटा कार्यक्रम गरेको तर वीरता जेसीजका सन् २०२३ का अध्यक्ष घनश्याम चौधरी र उनको टिमले तीन महिनाकै अवधिमा ७० वटाभन्दा वढी कार्यक्रम गरिसकेकाले वीरता जेसीजमा इतिहास रच्ने बताउँदै उनले अध्यक्ष चौधरीको सक्रियताको खुलेर प्रशंसा गरे ।
वीरता जेसीजका सन् २०२३ का अध्यक्ष घनश्याम चौधरीले आफ्नो टिमका पदाधिकारी, संयोजक, सदस्यहरुको सक्रियता र वीरता जेसीजका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरुको मार्गदर्शन, सहयोग र सद्भावले अप्रिल महिनामा सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा ३० वटा उत्कृष्ट कार्यक्रम गर्न सफल भएको बताउँदै सवैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर