Aamsanchar

एसिया कप क्रिकेट नेपालमा गराउने पहल थाल्न रास्वपाकाे माग

Author Image
मङ्गलवार, वैशाख १९, २०८०

काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एसिया कप क्रिकेट नेपालमा गराउने पहल थाल्न माग गरेको छ।

महामन्त्री डा. मुकुल ढकालले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतियोगिता कहाँ हुने भन्ने अन्यौल देखिएकाले समूह चरणका खेलहरू नेपालमा गराउन पहल थाल्न आग्रह गरेका हुन्। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यसलाई एजेन्डा बनाउन पनि रास्वापाले माग गरेको छ।

‘एसिया कप कहाँ हुने भन्ने अन्योल देखिएको प्रसङ्गमा एसिया कपका समूह चरणका खेलहरू नेपालमा गराउन उपयुक्त भएकाले नेपाल सरकारको उच्चस्तरीय संयन्त्रबाट प्रतिस्पर्धी मुलुकहरू र एसिसीसँग आजैदेखि पहल थालियोस्।’ विज्ञप्तिमा लेखिएको छ, ‘प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यो एजेन्डा पनि सामेल गरी पहल गरियोस्।’

नेपाल युएईलाई ७ विकेटले पराजित गर्दै पहिलोपटक एसिया कपका लागि छनौट भएको छ। नेपाल पाकिस्तान र भारत रहेको समूहमा परेको छ। एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने तालिका छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर