Aamsanchar

 ‘द भ्वाइस किड्स  उत्कृष्ट १६ भित्र पर्न सफल अर्नभलाई भोट गर्न बिर्तामोडका युवाहरूको अपील

Author Image
मङ्गलवार, वैशाख १९, २०८०

बिर्तामोड । ‘द भ्वाइस किड्स नेपाल सिजन २’ को सेमिफाइनल अन्तरगत उत्कृष्ट १६ भित्र पर्न सफल भएका झापा बिर्तामोडका अर्नभ बनलाई भोट गर्न बिर्तामोडका युवालले अपिल गरेका छन् ।
आज बिर्तामोडमा पत्रकार भेटघाट गरेर उनीहरुले अर्नभलाई भोट गरी अघिल्लो चरणमा पुर्याउन सहयोग गर्न झापाबासीसँग अपिल गरेका हुन् ।

हिमालय टेलिभिजनबाट शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुँदै आएको लाइभ राउडमा अर्नभको गायन प्रस्तुति र प्रशंसकको समर्थनका कारण उनी सेमिफाइनल राउडमा प्रवेश गरेका छन् ।
झापा बिर्तामोडका युवा समाजसेवी आशिष बनका छोरा अर्नभ टप १६ मा पुगेका हुन् । उनी टिम प्रविशामा छन् । कोच प्रविशा पनि झापा बिर्तामोडकै हुन् ।

पत्रकार भेटघाटमा अर्नभका बुवा आशिषले भने ‘छोराको संगीतप्रतिको लगावका कारण ऊ अघि बढिरहेका छन् । मामा र आमा जिना सापकोटा बनका कारण नै अर्नभ संगीत क्षेत्रमा लागेका हुन् ।’

कार्यक्रममा बिर्तामोडका अभियन्ता प्रकाश लिङदेन, आशा गुरुङ, विकास गिरी, विशाल अग्रवाल, बाप्पा साहलगायतले अर्नभलाई भोटका लागि अग्रह गरे ।

१२ वर्षीय अर्नभ बिर्तामोडको ग्रिन फिल्ड वल्र्ड स्कुलमा अध्ययनरत छन् । उनी मोर्डन संगीत तथा गिटारमा बढी रुचि राख्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर