Aamsanchar

राष्ट्रपतिद्वारा अध्यादेश जारी

Author Image
बुधवार, वैशाख २०, २०८०

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन्। उनले बुधबार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका हुन्।

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नु भएको छ’, राष्ट्रपतिको कार्यालयले भनेको छ।

सरकारले मिटरब्याज पीडितहरुका समस्या समाधानका लागि अध्यादेश ल्याएको हो। सरकारले मिटरब्याज पीडितका समस्या समाधानका लागि आयोग समेत बनाएको थियो।

गत मंगलबार मन्त्रिपरिषद्को बैठकले मिटरब्याज पीडितको समस्या समाधानका लागि अध्यादेश पठाउने निर्णय गरेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)