Aamsanchar

प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार

Author Image
बुधवार, वैशाख २०, २०८०

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । नेपाली कांग्रेसको तर्फबाट सरकारमा तीन जना मन्त्री नियुक्त गर्दै प्रधानमन्त्रीले आज बुधवार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरुङलाई कानुन न्याय तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वाथ्य तथा जनसङ्ख्या र डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गर्नुभएको छ ।

गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले अहिलेसम्म नवौँ पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । तर अहिलेसम्म पनि सरकारले पूर्णता पाएको छैन । अझै पनि खानेपानी मन्त्रालय मन्त्रिविहीन छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर