Aamsanchar

एक पार्टी, तिन घटक मिलेर गरे पहिचान पक्षधर नागरिक उन्मुक्ति पार्टी (एकिकृत) गठनको घोषणा

Author Image
बुधवार, वैशाख २०, २०८०

बिर्तामोड । पहिचान पक्षधर एक दल र तीनवटा घटकहरू एकीकृत भएका छन् ।
नागरिक उन्मुक्ति पार्टी सँग तीनवटा घटकहरू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता संघर्ष समिति र नागरिक सशक्तिकरणका लागि जागरण अभियान एकीकरण भएर नागरिक उन्मुक्ति पार्टी (एकीकृत) बनेको छ ।
आज (बुधबार) बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा पहिचान पक्षधर घटकहरू मिलेर एकीकृत पार्टी गठन भएको घोषणा गरेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका कोशी प्रदेश संयोजक जीवन धामी चौधरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चेम्जोङ, कोचिला एकता संघर्ष समिति संयोजक त्रिनारायण राजवंशी र नागरिक सशक्तिकरणको लागि जागरण अभियानका सदस्य दामोदर पाण्डेले १० बुधे सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

नयाँ झण्डा, नयाँ चुनाव चिन्ह, आलङ्कारिक राष्ट्रपति, संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री, स्विस मोडलको संघीयता, सामुदायिक समाजवाद, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, अन्तरनिहित अर्थनीति, सांस्कृतिक पुनः राष्ट्रवाद, २०६४ सालमा सरकारसँग भएको ५ बुँदे सहमतिलाई आत्मसाथ गर्ने गरि नागरिक उन्मुक्ति पार्टी (एकीकृत) गठन गरिएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फबाट प्रस्तावित संघीय अध्यक्ष ज्ञानबहादुर गुरुङले बताए ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष इन्द्रकुमारी लिम्बू (इन्दिरा), भुपेन्द्र माबो, चन्द्रराज आङ्देम्बे, भविराज लिम्बू, पदम चेञ्जी माबो, इन्द्रजित राई, विशाल लिम्बू लगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । संघीय अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रमलाई सचिवालय सदस्य धनबहादुर पङ्धाकले सहजीकरण गरेका थिए ।

प्रेस विज्ञप्तिको पूर्ण पाठ
प्रस्तुत विषयमा वि.सं. २०६२ मंसिर २६ र २७ गते झापाको बिर्तामोडस्थित स्थापना भई “संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च निर्वाचन आयोगमा वि.सं. २०७३ साल मंसिर ३० गतेका दिन निर्वाचन ऐन बमोजिम द. नं. ३४ मा दर्ता कायम रहेको राजनैतिक दल पहिचानको आन्दोलनमा स्थापना कालदेखि नै निरन्तर क्रियाशील रहेको सबैमा अवगतै छ । लिम्बुवान र पहिचान प्राप्तिको आन्दोलनका क्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट ३ जनाले सहादत प्राप्त गरिसकेका छन् । त्यसैगरी २०७२ सालमा भएको थरुहटरथारुवान राष्ट्रिय मुक्तिको आन्दोलनको जगबाट स्थापना भएको नागरिक उन्मुक्ति पार्टीवाद पनि पहिचान प्राप्ति आन्दोलनको क्रममा ५ जनाले सहादत प्राप्त गरेका छन्। यसैगरी २०६२/०६३ जनआन्दोलन भाग–२ को जगमा कोचिला एकता संघर्ष समिति र नागरिक सशक्तिकरणका लागि जागरण अभियान यी दुई संगठनहरु पनि पहिचानको मुद्दालाई स्थापित गर्न राजनीतिक संगठनको रुपमा स्थापित भएको संगठन हो ।
विद्यमान एकात्मकवादी राज्य सत्ताको जग भत्काउन पहिचानवादी शक्तिहरुको एकताको बलवाट मात्रै पहिचान प्राप्ति, भूमि, जातीय, क्षेत्रीय, लैंगिक, वर्गीय मुक्ति लगायतका मुक्तिगामी आन्दोलन शसक्त बन्न सक्छ भन्ने आवश्यकता महसुस गर्दै सुदूरपूर्वबाट उदाएको पहिचानवादी शक्ति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता संघर्ष समिति, नागरिक सशक्तिकरणका लागि जागरण अभियान र सुदुरपश्चिमबाट उदाएको अर्को पहिचानवादी शक्ति नागरिक उन्मुक्ति पार्टी बिच वर्तमान अवस्थामा नेपालको पहिचान आन्दोलन कम्जोर भएको ठहर गर्दै नेपालको राष्ट्रिय मुक्ति आन्दोलनलाई पूरा गर्नका साथै यी महान शहीदहरुको सपनालाई साकार पार्नका निमित्त पहिचानवादी राजनैतिक शक्तिहरु एकभई पहिचानको पाँच र सामार्थ्यको चार आधारमा राज्य पुनःसंरचना गर्ने संकल्प गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नागरिक उन्मुक्ति पार्टी विच मिति २०७९ साल फाल्गुन २३ र २४ काठमाडौंमा सलोरामको तर्फबाट वार्ता संयोजक अम्बर बहादुर लिम्बू (एबी पन्धाक), सदस्यहरु भविराज लिम्बू, इन्द्रकुमारी लिम्बू, दिलकुमार लावती, पूर्णकला लिम्बू (तेयुङ्) र धनबहादुर पाक छ (६)  सदस्यीय समिति त्यसैगरी नाउपाको तर्फबाट वार्ताा संयोजक दामोदर पण्डित, सदस्यहरु मा गंगाराम चौधरी, पूर्वमा हिमाञ्चल भट्टराई, रमेश बि.क. र प्रदेश मा। रामेश्वर चौधरी पांच (५) सदस्यीय समितिद्वारा भएको पार्टी एकीकरणका लागि दुई पक्षीय वार्ता समितिले १० बुँदे सहमति गरे बमोजिम २०८० साल वैशाख १५ गते विराटनगर–३, मोरस्थित परोपकार सामाजिक सेवाकेन्द्रको सभाहलमा नागरिक उन्मुक्ति पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका साथै कोचिला एकता संघर्ष समिति र नागरिक सशक्तिकरणको लागि जागरण अभियान यी चारवटा संगठनहरु विच भएको वृहत पार्टी एकतामा नाउपाको तर्फबाट अध्यक्ष मा. रन्जिता श्रेष्ठ चौधरी र सलोरामको तर्फबाट अध्यक्ष ज्ञान बहादुर गुरुद्वारा हस्ताक्षर भएसँगै यी चार वटा राजनैतिक घटकहरू बीच एकता भएको यसै प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गर्दछौं ।

Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर