काठमाडौं –बेलायतकी इमा राडुकानुले फ्रेन्च ओपन र विम्बल्डन गुमाउने भएकी छन् । नाडी र कुर्कुच्चाको शल्यक्रिया गरेका कारण पूर्वयूएस ओपन च्याम्पियन राडुकानुले फ्रेन्च ओपन र विम्बल्डन गुमाउने भएकी हुन् ।
राडुकानुले बुधबार साँझ समाजिक सञ्जालमा फाटो राखेर भनेकी छन्, “विगत १० महिनादेखि मेरा दुवै हातका हड्डीमा चोट दोहोरिरहेको थियो । अहिले सुरक्षित भएको छ । दुवै हातको समस्या समाधानका लागि सानो शल्यक्रिया गरिएको छ । अब आउँदो केही महिनाका लागि कोर्टबाहिर हुनेछु भन्नुपर्दा म निराश छु । यो अवस्थामा हुँदा मेरो खुट्टामा अर्को सानो शल्यक्रिया हुनेछ ।’’सन् २०२१ मा १८ वर्षको उमेरमा यूएस ओपनको उपाधि जितेपछि राडुकानुले फिट रहन र लय भेट्टाउनका लागि संघर्ष गरिरहनुपरेको थियो । दाहिने हातमा चोट लागेका कारण राडुकानुले गएको महिना मड्रिड ओपनबाट नाम फिर्ता लिएकी थिइन् ।