


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका –५ मा व्यवसायिक वोड राख्ने क्रममा मृत्यु भएको । विद्युत प्राधिकरण नजिकै विजुली पोलमा ब्यु डाई कन्सलटेन्सीको पुरानो बोड हटाएर नयाँ बोर्ड राख्ने क्रममा रुकुम पूर्व उत्तरगङ्गा घर भई उक्त कन्सल्टेन्सीमा पढाउदै आएका वर्ष २८ का महेश विकको मृत्यु भएको हो ।
हिजो (विहिबार) विज्ञापन बोड राख्ने क्रममा बिद्युत् पोलको तारमा फलामे बोड ठोकिन पुग्दा विकलाई करेन्ट लागेको थियो । घटनामा शक्त घाइते भएका विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर मा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए ।
सोही कन्सल्टेन्सीको विद्यार्थी जिल्ला रूकुम पुर्व भुमे गाउँपालिका– ४ बस्ने वर्ष १८ की मनिता विकको बायाँ हातको पौँजा र दाहिने हातको कुहिनामा करेन्ट लागेको छ । त्यसैगरी सहयोगीका रुपमा रहेका रूकुम पूर्व उत्तरगङ्गा गाउँपालिका घर भएका वर्ष १६ को अर्जुन कर्तेलको दाहिने हातको कुईनामा करेन्ट लागेको छ । घाईते दुवैजनाको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरूको उपचार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको थियो तर अस्पतालले प्रारम्भिक उपचार गरेर थप उपचारको लागि कोहलपुर अस्पतालमा रेफर गरेको जानकारी प्राप्त भएको ।