Aamsanchar

गोरखनाथ र नेपालको राजपरिवार

Author Image
शुक्रवार, वैशाख २२, २०८०

वैशाख शुक्ल पूर्णिमाको दिन धेरै महापुरुषहरूको यस धर्तीमा पर्दापन भएको छ । यिनै महान् पुरुष र सिद्ध योगीहरूमा गुरु गोरखनाथको पनि नाम आउँछ ।
नाथ सम्प्रदायका सुरुवात गर्ने यी महान् सिद्ध योगीको जन्म भएको यस पावन दिनका धेरै महत्त्वपूर्ण आयामहरू छन् ।

गोरखनाथको जन्म
गुरु मत्स्येन्द्रनाथ नेपालको बुङमतीमा जन्म भएका काठमाण्डौ बासीका इष्ट गुरु, सहकालका देवता अनि सिद्ध गुरु हुन् । यिनै सिद्ध गुरुका पुत्र अनि शिष्यका रूपमा गुरु गोरखनाथको धर्तीमा आगमन भएको हो ।

गोरखनाथ मठका अनुयायीहरूले गुरु गोरखनाथ जयन्ती या गुरु गोरखनाथको जन्म अनि मृत्युमा विश्वास गर्दैनन् । उनीहरूका अनुसार, गोरखनाथ गुरु अनन्तकालदेखि विद्यमान सिद्ध गुरु जो जीवन मृत्युको चक्रबाट बिलकुलै अलग हुनुहुन्छ ।

गोरखनाथ र नेपालको राजपरिवार
नेपालको राजपरिवार पनि गुरु गोरखनाथको कृपाले पुलकित भएका कथनहरू छन् । गोरखा राज्यको नाम पनि गोरखनाथसँग मेल खान्छ । यद्यपि गोरखाको नाम र गोरखनाथबिचको आधिकारिक सम्बन्ध भने पाइएको छैन । पृथ्वीनारायण शाहलाई पनि गुरु गोरखनाथले एकीकरण पूर्व दर्शन दिएका कथनहरू आजसम्म पनि दुरुस्तै सुनिन्छ । नाथ सम्प्रदायका अनुसार विष्णुले आफू कमलको फूलमा बिराजमान हुँदा सृष्टि गर्ने इच्छा राखे । तर आफू वरिपरि पानी मात्रै पाए । अनि पातालमा गुरु गोरखनाथलाई भेट गरेर गोरखनाथले दिएका खरानी पानीमा छरेपछि त्यस खरानीको प्रतापले भुईँ बनेको कथन छ । हुन पनि हो, गोरखबाटै धर्तीको रक्षा भन्ने बुझिन्छ ।

आदिनाथ महादेवका शिक्षाहरूलाई सरलीकृत गर्दै सनातन संस्कारको रक्षा अनि जागरणलाई अघि बढाउन गुरु गोरखनाथको उल्लेखनीय योगदान छ । गर्गसहिंताको अनुसार महादेवले स्वयम् नै यसो भन्नुभएको थियो

अहमेवास्मि गोरक्षो मद्रूपं तन्निबोधत।
योग मार्ग प्रचाराय मयारूपमिदं धृतम्

अर्थात् म नै गोरक्ष हुँ, गोरक्षलाई मेरो नै रूप जान्नु, योग मार्गको प्रचारका लागि मैले यो रूप धारण गरेको हुँ । शिवका सच्चा स्वरूप अनि प्रकृतिको उपर पूर्ण स्वामित्व र सिद्ध प्राप्त गर्नुभएका महान् गुरु गोरखनाथको जयन्तीको अवसरमा सबैलाई अनेक शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर