

काठमाडौं : इटालियन सिरी ए को उपाधि नापोलीले जितेको छ । गएराती सम्पन्न खेलमा उडिनेससँग १–१ गोलको बराबरी खेलेसँगै नापोलीले यस सिजनको सिरी ए उपाधि जितेको हो।

१–० गोल अन्तरले परेको नापोलीका लागि खेलको ५२औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै खेल बराबरी गरेका थिए। त्यस्तै उडिनेसका लागि सान्डी लोभरिकले खेलको १३औं मिनेटमा गोल गरेका थिए।

बराबरी पछि नापोलीको ३३ खेलमा ८० अंक भएको छ र लिगमा ५ खेल अगाडी नै उपाधि जितेको छ।

त्यस्तै उडिनेसको ३३ खेलमा ४३ अंक छ र लिगमा १२औं स्थानमा रहेको छ।
नापोलीले सन् १९९० पछि पहिलो पटक सिरी ए को उपाधि जितेको हो। त्यस्तै नापोलीले सिरी ए को उपाधि जितेको यो तेस्रो पटक हो।
यस अघि १९८६–८७ र १९८९–९० मा सिरी ए को उपाधि जितेको थियो।
Views: 96

