Aamsanchar

प्रचण्ड र ओलीबीच आज पनि भेट हुँदै

Author Image
शुक्रवार, वैशाख २२, २०८०

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज पनि भेटवार्ता हुँदैछ।

दिउँसो ३ बजे शीर्ष नेताबीच सिंहदरवारमा भेट हुने तय भएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए।  भेटवार्ताको एजेण्डाबारे आधिकारीक जानकारी नभएको प्रेस संयोजक बजगाईले बताए। नक्कली भुटानी शरणर्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी मुछिएपछि दुई शीर्ष नेताबीच भेटवार्ता बाक्लिएको छ।

यसअघि हिजो पनि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता भएको थियो। भेटमा अध्यक्ष ओलीलेआफ्नो पार्टीका नेतालाई षड्यन्त्रपुर्ण ढंगले फसाउन खोजिएको त होइन भन्दै आपत्ति जनाएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर