Aamsanchar

झापाको बुद्धशान्तिमा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा समितिमा सबै महिला 

Author Image
शनिवार, वैशाख २३, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी बुद्धशान्ति वडा समिति अन्तरगत आज शनिबार बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ को वडा समिति गठन गरिएको छ । 

वडा समिति गठन गर्ने क्रममा यस पार्टीले बुद्धशान्ति २ मा नयाँ अभ्यास पनि गरेको पाइएको छ । सबै पदहरूमा महिला चयन भएसँगै महिलाको मात्रै नेतृत्वमा वडा समिति गठन भएको बुद्धशान्तिमा यो पहिलो रेकर्ड हो ।  

वडा समितिको सभापतिमा इन्दिरा खरेल उप्रेती, उपसभापतिमा दिपा बिमली सचिवमा सुजाता भण्डारी, सदस्यहरूमा गीता कडरिया, सृजना पोखरेल, कमला पाठक, इन्दिरा आचार्य, प्रतिमा रम्तेल, लक्ष्मी देवी सिटौला, प्रभा पौडेल र समीक्षा आचार्य रहेका छन् । 

महिलाहरूले पनि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ भनेर महिलाको नेतृत्वमा वडा समिति गठन गरिएको पार्टीका बुद्धशान्ति सभापति शेखर भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर