Aamsanchar

‘अब भ्रष्टचारीको फाईल खोलिन्छ, यो ट्रेलर मात्रै हो, अब सिंगै फिल्म देखिन्छ’ : प्रधानमन्त्री प्रचण्ड

Author Image
शनिवार, वैशाख २३, २०८०
नेपाल दलित मुक्ति मोर्चाको छैटौँ  राष्ट्रिय सम्मेलन लाई  सम्बोधन गर्नु  हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । फोटो : प्रदीपराज  वन्त

नेपाल दलित मुक्ति मोर्चाको छैटौँ  राष्ट्रिय सम्मेलन लाई  सम्बोधन गर्नु  हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । फोटो : प्रदीपराज  वन्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु कुनै दबाबमा नपर्ने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई पक्राउ गर्ने जनाउँदै प्रधानमन्त्री दाहालले आफु कुनै दबाबमा नपर्ने जनाएका हुन् ।

‘अब भ्रष्टचारीको फाईल खोलिन्छ, कसैलाई छाडिन्न । यो ट्रेलर मात्रै हो, अब सिंगै फिल्म देखिन्छ,’ नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले भने, ‘उत्पीडित जनसमुदायको साथ भयो भने जुनसुकै घेराबन्दी र धम्कीको सामना गरिनेछ, भ्रष्टचारीलाई कारबाही गरिनेछ ।’

Views: 146

प्रतिक्रिया (०)