Aamsanchar

दिल्लीले बेङ्लोरलाई सहजै हरायो

Author Image
आइतवार, वैशाख २४, २०८०

इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेङ्लोरविरुद्ध सात विकेटको सहज जित निकालेको छ ।

शनिबार दिल्लीस्थित अरुण जेट्ली रंगशालामा सम्पन्न खेलमा बेङ्लोरले प्रस्तुत गरेको १८२ रनको लक्ष्य घरेलु टिमले १६.४ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।

दिल्लीको जितमा फिल साल्टले ८७ रन बनाए । साल्टले ४५ बलमा आठ चौका र ६ छक्का प्रहार गरे । रिले रोसोउले ३५, मिचेल मार्सले २६ र कप्तान डेविड वार्नरले २२ रन जोडे ।

बेङ्लोरका जस हेजलउड, कर्ण शर्मा र हर्सल पटेलले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको बेङ्लोरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८१ रनको योगफल खडा गरेको थियो ।

बेङ्लोरका विराट कोहलीले ५५ रन बनाएका थिए । मणिपाल लोम्रोरले ५४ रन जोड्दा कप्तान फाफ डु प्लेसिसले ४५ र दिनेश कार्तिकले ११ थपेका थिए ।

दिल्लीका मिचेल मार्सले दुई विकेट लिए । यस्तै, खलिल अहमेद र मुकेश कुमारले एक(एक विकेट लिए ।

जितसँगै १० खेलबाट आठ अंक जोडेको दिल्ली तालिकाको आठौं स्थानमा उक्लिएको छ । समान खेलबाट १० अंक जोडेको बेङ्लोर तालिकाको पाचौं स्थानमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर