Aamsanchar

गुजरातद्वारा लखनउ ५६ रनले पराजित

Author Image
आइतवार, वैशाख २४, २०८०

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले लखनउ सुपर जायन्ट्सलाई ५६ रनले हराएको छ ।

अहमदाबादमा गुजरातले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको लखनउले ७ विकेट गुमाएर १ सय ७१ रन मात्रै बनायो । लखनउका लागि क्वीनटन डि ककले सर्वाधिक ७० र केल मेयर्सले ४८ रन बनाए ।

बलिङतर्फ गुजरातका मोहित शर्माले ४ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातका शुभमन गिलले नटआउट ९४ रन बनाए भने ऋद्धिमान साहले ८१ रन बनाए ।

पोहोर र अहिलेका चारवटै खेलमा गुजरातले लखनउलाई हराउन सफल भएको छ । गुजरात ११ खेलमा १६ अङ्कसहित शीर्ष स्थानमा कायमै छ । ११ अङ्क रहेको लखनउ तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालले आज थाइल्याण्डसँग खेल्ने
आइतवार, कार्तिक २५, २०८१
नेपालले आज यूएई विरुद्ध खेल्ने
शनिवार, कार्तिक २४, २०८१