Aamsanchar

पुर्व मन्त्री रायमाझीलाई पक्रन देशभर पत्राचार, पूर्वगृहमन्त्री खाँणलाई आवश्यक परेको बेला उपस्थित हुने कागज गरियाे

Author Image
मङ्गलवार, वैशाख २६, २०८०

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा (एमाले) का सचिव एवं पुर्व मन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले देशभरका प्रहरी निकायमा पत्राचार गरेको छ ।काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि रायमाझी फरार हुुनु भएको छ ।

रायमाझीको खोजी गर्न केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि परिचालन गरिएको छ । यसैगरी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले आवश्यक परेको बेला उपस्थित हुने कागज गराएर छाडेको छ । सोमबार अपरान्ह काठमाडौं प्रहरी परिसरमा पुग्नु भएका खाँडलाई आवश्यक परेको बेला बयानका लागि उपस्थित हुने कागज गराइएको प्रहरी स्रोतले जनाएको छ ।

खाँडले आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको बतउनु भएको पनि प्रहरीले जनाएको छ ।नक्कली शरणार्थी प्रकरणमा खाँडकी पत्नी मञ्जुले पनि रकम बुझेको अडियो सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर