भारतको कर्नाटकमा विधानसभा निर्वाचनअन्तर्गत मतदान शुरु भएको छ। २२४ विधानसभा सिटमा बिहान ७ बजे मतदान शुरु भएको हो।
मतदान साँझ ६ बजेसम्म चल्नेछ। २२४ विधानसभा सिटमा सरकार बनाउन कुनै पनि दल वा गठबन्धनलाई ११३ सिट आवश्यकता पर् । मतदानका लागि उम्मेदवारले गोवाका मतदातालाई बसमा उत्तरी कर्नाटक ल्याएका छन्। यस निर्वाचनमा लिंगायत र भोक्कालिगाको मतले महत्त्वपूर्ण भूमिका खेल्नसक्ने विश्लेषण गरिएको छ।
लिंगायत समुदायको जनसङ्ख्या करिब १७ प्रतिशत छ भने भोक्कालिगास ११ प्रतिशत छन्। यस्तो अवस्थामा राजनीतिक दलका लागि चुनावी अभियानमा दुवै समुदाय निकै महत्त्वपूर्ण छन्।
कर्नाटकमा ५.२१ करोड मतदाता छन्। जसमध्ये २.५९ करोड महिला मतदाता छन्। १०० वर्षभन्दा माथिका १६ हजार ९७६ मतदाता छन्। तेस्रोलिंगी चार हजार ६९९ मतदाता छन्। पहिलो पटक मतदाता ९.१७ लाख छन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 104