Aamsanchar

घरबाटै पक्राउ परे पूर्वगृहमन्त्री बालकृष्ण खाण

Author Image
बुधवार, वैशाख २७, २०८०

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्।

उनलाई निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबबहादृुर कार्कीले जानकारी दिए। उनलाई प्रहरी परिसर टेकु लगिएको छ।

आफू गृहमन्त्री हुँदा गृह सचिव रहेका  टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन्।  हिरासतमा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाणको समेत नाम लिएका थिए।

आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाण तानिएका हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर