Aamsanchar

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि अदालत लगियाे

Author Image
बुधवार, वैशाख २७, २०८०

काठमाडौँ – कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । काठमाडौं प्रहरी परिसरबाट केही बेरअघि उनलाई म्याद थपका लागि अदालत लगिएको हो ।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो ।आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री खाँणको समेत नाम लिएका थिए ।आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर