Aamsanchar

जडिवुटी खेती विस्तारमा अनुदान दिने डिभिजन बन कार्यलय झापाकाे तयारी

Author Image
बुधवार, वैशाख २७, २०८०

झापा – डिभिजन बन कार्यलय झापाले जडिवुटी खेती विस्तार तथा नर्सरी प्रजातिको विकासमा अनुदान दिने भएको छ ।आज बुधवार झापाको भद्रपुर स्थित बन डिभिजन कार्यलयमा बसेको जडिबुटी फोकन प्रर्सनको बसेको बैठकले  झापाका ६ गाँउ तथा नगरपालिकामा जडिवुटी प्रजाति छनौट गरि खेती विस्तारमा अनुदान दिने निर्णय गरेको हो ।

झापाका विर्तामोड मेचीनगर ,दमक,भद्रपुर ,अर्जूनधारा, गौरादह  नगरपालिका सहित हल्दिवारी गाँउपालिकामा जडिवुटी खेती विस्तारमा लगानी गरिने निर्णय गरिएको फोेकन पर्सन तथा जडिवुटी सन्जांलका सचिव  राजकुमार ओलीले जानकारी दिनुभएको हो ।
यो वर्ष झापामा सतावरी ,पामारोजा,पचौली,तुलसी,अस्वगन्धा र लेमनग्रास खेतीलाइ प्राथमिकता  दिइएको डिभिजन वन कार्यलयका योजना अधिकृत अन्जना पुरीले जानकारी दिनुभएको छ ।गत वर्ष यस्ता किसीमका अनुदान गौरादह,अर्जुनधारा हल्दिवारी,मेचीनगरमा मात्रै दिने निर्णय भएकोमा यो वर्ष दमक र विर्तामोडका जडिबुटी क्षेत्रका किसानलाइ समेत प्राथमिकतामा राखेर क्षेत्र थप गरिएको निम्मित बन डिभिजन अधिकृत नथुनी यादवले जानकारी दिनुभएको छ ।

बैठकमा झापा उद्दोग बाणिज्य सघंका अध्यक्ष प्रज्वल राइ ,जडिवुटी सन्जालका सयोंजक दिपक नेपाल,ले आउने दिनमा जडिवुटी खेतीलाइ विस्तार गर्दै   उद्दोगको स्थापना बाट डलर भित्राउने गरिको योजना ल्याउन नेपाल सरकारलाइ पहल गर्न शुभकामना दिएका थिए ।डिभिजन बन कार्यलय झापाले जडिवुटी फोकल पर्सन टिमले दिएको राय र सुझावको आधारमा अनुदान छनौट गरि लगानी गरिने तयारी गरेको   योजना अधिकृत पुरीले जानकारी  दिनुभएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर