


महाेत्तरी – सशस्त्र प्रहरीले महोत्तरीको जलेश्वर नगरपालिका ३ मा रहेकाे मलिवाडा बसपार्कबाट पाँच सय ५६ वटा चौरी गाईको पुच्छरसहित चार जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा जलेश्वरकै विकासकुमार महत्तो, धादिङको गजुरी गाउँपालिका ८ का ३६ वर्षीय उमेशबहादुर बस्नेत, बाराको सिमरा नगरपालिका १ का ६० वर्षीय सुमन मान्नधर र धनुषाको हसपुर नगरपालिका ४ का ३७ वर्षीय मोहमद अजिन रहेका सशस्त्र प्रहरीले जनाएकाे छ ।
काठमाण्डाैबाट जलेश्वर हुँदै मलिवाडा रुटमा चल्ने प्रदेश २–०३–००१ ख १२१५ नम्बरको बसबाट मलिवाडा बसपार्कमा चौरी गाईको पुच्छर निकाली ठेलामा राख्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर
९ गण महोत्तरीले चार जनालाई पक्राउ गरेकाे हाे । बरामद भएकाे चाैरी गाईकाे पुच्छरकाे बजार मूल्य २८ लाख ३० हजार रुपैयाँ रहेकाे बताइएकाे छ ।

पक्राउ परेकाहरूलाई चौरी गाईको पुच्छरसहित आवश्यक कारबाहीका लागि सशस्त्र वन सुरक्षा शाखा माईस्थान महोत्तरीमा बुझाइएको छ ।