Aamsanchar

चेन्नाई सुपर किङ्सले दिल्ली क्यापिटल्सलाई हरायो

Author Image
बिहिवार, वैशाख २८, २०८०

 चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटलहरू बीचको एमए चिदम्बरम स्टेडियममा आयोजित टाटा इन्डियन प्रिमियर लिगको खेलमा चेन्नई सुपर किंग्सका अजिंक्य रहाणेद्वारा दिल्ली क्यापिटल्सका मिचेल मार्स रनआउट गर्दै। तस्वीर : दीपक मलिक

इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किङ्सले दिल्ली क्यापिटल्सविरुद्ध २७ रनको जित निकालेको छ ।

बुधबार एमए चिदम्बरम रंगशालामा चेन्नाईले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४० रनमात्र जोड्न सक्यो ।

दिल्लीक रिले रोउसोले ३५ रन बनाए । मनिष पाण्डेले २७, अक्षर पटेलले २१, फिल साल्टले १७, ललित यादवले १२ र रिपल पटेलले १० रन जोडे ।

चेन्नाईका मथिसा पथिरानाले तीन विकेट लिए । दीपक चहरले दुई विकेट लिदा रविन्द्र जडेजाले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको चेन्नाईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६७ रनको योगफल खडा गरेको थियो ।

चेन्नाईका सुभम दुबेले २५ रन बनाएका थिए । रितुराज गाईकवाडले २४, अम्बती रायडुले २३ रन जोड्दा रविन्द्र जडेजा र अजिन्क्या रहाणेले समान २१ रन बनए । कप्तान महेन्द्र सिंह धोनीले २० रन र डेभोन कोन्वेले १० रन थपे ।

दिल्लीका मिचेल मार्सले तीन विकेट लिए । अक्षर पटेलले दुई विकेट लिदा खलिल अहमेद, ललित यादव र कुलदीप यादवले समान एक विकेट लिए ।

जितसँगै १२ खेलबाट १५ अंक जोडेको चेन्नाई तालिकाको दोरो स्थानमा छ । ११ खेलबाट आठ अंक जोडेको दिल्ली तालिकाको पुछारमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर