Aamsanchar

आईपीएलमा यशस्वी जयसवालको विस्फोटक ब्याटिङ, बनाए नयाँ रेकड

Author Image
शुक्रवार, वैशाख २९, २०८०

यशस्वी जयसवालले विष्फोटक ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले सानदार जित हासिल गरेको छ ।

बिहीबार (हिजो) राति भएको खेलमा राजस्थानले कोलकाता नाइटराइडर्सलाई ९ विकेटले हराएको हो ।

राजस्थानले १५० रनको लक्ष्य १३.१ ओभरमै पूरा गर्यो । राजस्थानको जितमा यशस्वी जयसवालले नटआउट ९८ र सन्जु सामसनले ४८ रन बनाए । पहिलो ओभरमै २६ रन बनाएका यशस्वीले १३ बलमै अर्धशतक पूरा गरे । आईपीएलमा यो सबैभन्दा छिटो अर्धशतक बनेको रेकर्ड हो । यसअघि केएल राहुलले १४ ओभरमा अर्धशतक बनाएको रेकर्ड थियो ।

जस बट्लर शून्य रनमा आउट भएपछि क्रिजमा आएका सन्जु सामसनले २९ बलमा ३ चौका र ५ छक्काको मद्दतमा नटआउट ४८ रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनाएको थियो ।

कोलकाताका लागि वेंकटेस ऐयरले सर्वाधिक ५७ रन बनाए भने नितिश राणाले २२ रन बटुले । बलिङतर्फ ट्रेन्ट बोल्टले २ विकेट लिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर