


काठमाडौं –भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार एक खेल हुँदैछ । शुक्रबार मुम्बई इन्डियन्स र गुजरात टाईटन्स भिड्नेछन् । यो खेल मुम्बईको घरेलु मैदान वांनखडेमा नेपाली समयअनुसार बेलुका पौने ८ बजेबाट हुनेछ ।
यी दुवै टोली सिजनमा दोस्रो पटक भिड्न लागेका हुन् । सिजनको पहिलो खेलमा गुजरात ५५ रनले विजयी भएको थियो ।
मुम्बई यस खेल जितेर प्लेअफ सम्भावना बलियो बनाउन चाहन्छ । गुजरात पनि यस खेल जितेर प्लेअफमा स्थान बनाउने पहिलो टोली बन्न चाहन्छ ।

मुम्बई चौथो स्थान र गुजरात तालिकाको शीर्ष स्थानमा रहेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 41