Aamsanchar

पार्टीको झण्डा नबोकी भ्रष्टाचार विरूद्धको अभियानमा सहभागी हुन रविकाे आह्वान

Author Image
शुक्रवार, वैशाख २९, २०८०

काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको झण्डा नबोकी भ्रष्टाचार विरूद्धको अभियानमा सहभागी हुन आह्वान गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले पार्टीका नेता तथा समर्थकहरुलाई पार्टीको झण्डा नबोकी अभियानमा जुट्न आह्वान गर्नुभएको हो ।

भ्रष्टाचार मुलुकको साझा दुश्मन हो भन्दै उहाँले आफू पनि सचेत नागरिकको हैसियतमा झण्डा नबोकी भ्रष्टाचार विरोधी अभियानमा जुट्ने उल्लेख गर्नुभएको छ ।

राम्रो काम जसले गरे पनि सघाउनु पर्ने भन्दै उहाँले देशभर जसले जहाँ गरे पनि भ्रष्टाचार विरोधी कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)