Aamsanchar

यौन हिंसाको आरोप लागेका कृषि विज्ञ मदन राईले भने : पुष्टि भए मृत्युदण्ड स्वीकार्छु

Author Image
शुक्रवार, वैशाख २९, २०८०

काठमाडौं : यौन हिंसाको आरोप लागेका कृषि विज्ञ मदन राईले आफूमाथि  यौन हिंसा पुष्टि भए मृत्युदण्ड स्वीकार्य हुने बताएका छन्। उनले शुक्रबार सामाजिक सञ्जालबाट यौन हिंसा र श्रम शोषणबारे बहस गर्ने समय आएको पनि बताएका छन्।

उनले भनेका छन्,‘यौन र श्रम शिक्षा अभियान हो, मेरो हाम्रो,यौन हिंसा र श्रम शोषण होइन हाम्रो, अब बहस गर्ने सही समय आएको छ, सबैले आ-आफ्नो ठाउँबाट थालौँ र हिंसा,अपराध,गरिबी,बेरोजगार,रोगी,निराशा,प्रकृतिको विनासबाट बचौँ बचाऊँ, मैले गरेको यौन शिक्षा अभियान यौन हिंसा लागे मलाई मृत्युदण्ड स्वीकार्य छ।’

बिहीबार एक अनलाइनले आफ्नै फाउन्डेसनमा मदन राईले बालिकाहरूमाथि गरेको यौन दुर्व्यवहार समाचार प्रकाशित गरेपछि यतिखेर उनको चौतर्फी विरोध भएको छ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालबालिकाहरूलाई गरेको यौन दुर्व्यवहार बाहिरिएको भन्दै राईलाई कडा कारबाही गर्नुपर्ने विज्ञप्तिमार्फत माग गरेको छ।​

खोटाङस्थित शुभद्रा मदन फाउन्डेसनका संस्थापक रहेका राईले जनजागृति उच्च माध्यमिक विद्यालय व्यवस्थापन र सञ्चालन गर्दै आएका छन्। राईको पछिल्लो गतिविधिबारे सामाजिक सञ्जालमा दुई धारका टिप्पणी आउन थालेका छन्।

कतिपयले उनलाई कडा कारबाही माग गरेका छन् भने अर्का थरीले उक्त फाउन्डेसनले ज्ञानसँगै धेरै विद्यार्थीहरूले सीप सिकाएर विद्यार्थीहरूको भविष्य उज्जवल बनाएको भन्दै यसबारे पनि बाहिर ल्याउन आग्रह गरेका छन्। त्यस्तै उनको यौन शिक्षालाई ऐक्यबद्धता समेत जनाएको देखिन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)