Aamsanchar

नेपाल राष्ट्र बैंकले व्यवसायीलाई पुनर्कर्जाको सुविधा दिने

Author Image
शुक्रवार, वैशाख २९, २०८०

नेपाल राष्ट्र बैंकले निर्माण, खानी र यातायात तथा ढुवानी व्यवसायीलाई पुनर्कर्जाको सुविधा दिने घोषणा गरेको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै शुक्रबार केन्द्रीय बैंकले यस्तो घोषणा गरेको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गर्ने तथ्याङ्कको आधारमा पछिल्ला दुई त्रैमाससम्म लगातार ऋणात्मक वृद्धि हुन गएका आर्थिक क्षेत्रहरुसँग सम्बद्ध ऋणीहरुले सुविधा पाउने गरी कोषमा उपलव्ध स्रोतको सीमाभित्र रही पुनकर्जा सुविधा उपलव्ध गराउने व्यवस्था मिलाइने मौद्रिक नीतिको समिक्षामा भनिएको छ ।

केन्द्रीय तथ्याङ्क विभागको विवरणअनुसार खानी, निर्माण व्यवसाय र यातायात तथा ढुवानी तथा स्टोरेज व्यवसायी क्षेत्र लगातार दुई भन्दा बढी त्रैमासमा ऋणात्मक थिए ।

Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ घट्यो
आइतवार, चैत १, २०८२
सुनको भाउ घट्यो
शुक्रवार, फागुन २९, २०८२
सुनचाँदीको भाउ घट्यो
बिहिवार, फागुन २८, २०८२