Aamsanchar

रियाशा दाहालको आवाजमा ‘मायाका केही गीत’ सार्वजनिक

Author Image
आइतवार, वैशाख ३१, २०८०

काठमाडौं – मोडल तथा कलाकार रियाशा दाहालको आवाजमा ‘मायाका केही गीत’ बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा रियाशासँगै एसडी योगी, रेश्मा पुन र रुपक दाहालको आवाज रहेको छ । गीतको भिडियोमा रियाशाले आफ्नो विवाहको भिडियोलाई समेटेकी छन् । हर्क साउँदको शब्द लेखनमा तयार भएको गीतमा रिकेश गुरुङको संगीत रहेको छ । संगीत निर्देशन एसडी योगीले गरेका हुन् ।

रियाशाले रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल ‘रुटिने’ सँग वैशाख २० गते विवाह गरेकी हुन् ।

भिक्टर र रियाशाले लामो समयदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर