Aamsanchar

नेपाल प्रेस युनियन झापाको निर्वाचनमा गिरिराज निर्वाचित, शर्माको एक मत मात्र ​​​​​​​

Author Image
आइतवार, वैशाख ३१, २०८०

बिर्तामोड । नेपाल प्रेस युनियन झापाको अध्यक्षमा झापा दमक निवासी गिरिराज भट्टराई निर्वाचित भएका छन् । युनियनको आज (आइतबार) बिर्तामोडमा सम्पन्न १० औं जिल्ला अधिवेशनबाट भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्ष पदका लागि भट्टराई, मेचीनगरका राजेन्द्र गौतम, कनकाईका सुरेन्द्र भण्डारी र हल्दिबारीका मनकुमार शर्माले उम्मेदवारी दर्ता गराए भए तर अन्तिम समयमा भण्डारीले उम्मेदवारी फिर्ता लिएका थिए ।

प्रेस युनियनका पूर्व अध्यक्षहरुबाट सर्वसम्मत नेतृत्व चयन गर्न अधिकतम प्रयत्न भएपनि अन्तिममा निर्वाचन भएको थियो । निर्वाचनमा १ सय १९ जनाले मतदान गरेका थिए जसमा भट्टराईले ६६ मत र गौतमले ५२ मत पाएका थिए अर्का उम्मेदवार शर्माले आफ्नो मात्र १ मत प्राप्त गरे ।

नयाँ कार्यसमितिका लागि  उपाध्यक्ष पदमा ईश्वर अधिकारी, सविना लिम्बू, सचिवमा अर्जुन राजवंशी, सहसचिवमा जसोदा राजवंशी र कोषाध्यक्षमा ओमप्रकाश भट्टराई सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा रणदेव हजाम, अनुसा चुँडाल, तलु बास्के, शान्ति सुब्बा, विष्णु श्रेष्ठ, जोस्ना श्रेष्ठ, कौशल भण्डारी, तुलसीप्रसाद निरौला, देवेन्द्र प्रसाईँ, पोषराज कटुवाल, युवराज रेग्मी, रञ्जित परियार र विष्णुप्रसाद पौडेल चयन भएका छन् ।
युनियनको जिल्ला अध्यक्ष इन्दु गौतमको अध्यक्षतामा भएको खुला सत्रको प्रमुख अतिथि नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे रहेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँ, प्रेस युनियन प्रदेश समिति अध्यक्ष मिनकुमार नवोदित श्रेष्ठ, केन्द्रीय सचिव रेजिना गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उद्घाटन सत्रमा युनियनमा स्थापित अक्षय कोष तथा पुरस्कार बाट बेनुप्रसाद अधिकारी, विष्णु सुब्बा, लिला अनमोल र अर्जुन राजवंशीलाई सम्मान गरिएको थियो । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर