Aamsanchar

पक्राउ परे टोपबहादुर रायमाझी

Author Image
आइतवार, वैशाख ३१, २०८०

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि फरार रहेका टोपबहादुर रायमाझी पक्राउ परेका छन्।

प्रहरी उच्च स्रोतका अनुसार उनलाई बुढानीलकण्ठबाट आइतबार साँझ नियन्त्रणमा लिइएको हो। उनी ११औं दिनमा पक्राउ परेका हुन्। उनले प्रहरीसामु आत्मसमर्पण गरेका हुन्।

यसअघि प्रहरीको विशेष टोलीले मंगलबार ललितपुरको सातदोबाटोस्थित उनको घरमा छापा मारेको थियो।

सांसद समेत रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो। वैशाख २० गते पक्राउ पूर्जी जारी भएसँगै उनी सम्पर्कविहीन भएका थिए।

उक्त घटनामा रायमाझीका छोरा सन्दीप भने यसअघि नै पक्राउ परिसकेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर