Aamsanchar

धरानका मेयर हर्क साम्पाङ नरम बने पछि वडाध्यक्षहरुले ठोके ताली

Author Image
सोमवार, जेठ १, २०८०

धरान। लामो समयदेखि आन्तरिक किचलो र विवादका कारण रोकिएको धरान उपमहानगरको कार्यपालिका बैठक आइतबारबाट पुनःसुचारू भएको छ । उपमहानगरका मेयर हर्क साम्पाङ नरम रूपमा प्रस्तुत हुँदै सबैले आ आफ्नो स्थानबाट गरेको गल्ती स्विकारेर अघि बढ्ने बताएपछि अवरुद्ध बैठक हिजो (आइतबार) पुनःसुचारू भएको हो ।

वडाध्यक्षहरूले यस अघि मेयर साम्पाङ समक्ष राखेको ५ बुँदे मागलाई सम्बोधन गर्ने क्रममा १० नम्बर वडाध्यक्ष विवेक राईसँग मागेको स्पष्टीकरण समेत फिर्ता लिएका छन् । मेयर साम्पाङले अब देखि स्वकीय सचिवलाई हस्ताक्षर गराएर पत्र नपठाउने र वडाध्यक्षहरू सँग माग गरिएको राजीनामा पनि फिर्ता लिएका छन् । उनको यो निर्णय सँगै वडाध्यक्षहरूले ताली बजाएर समर्थन जनाउँदै बैठक सुचारु गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर