Aamsanchar

अभिनेत्री पूजा शर्माले लगाएको पहिरन प्रति आलोचना भन्दा प्रशंषा धेरै

Author Image
सोमवार, जेठ १, २०८०

अभिनेत्री पूजा शर्माले लगाएको पहिरनको विषयलाई लिएर प्रशंसा र आलोचना भएको छ । । गत शनिबार  आयोजित ‘एलजी सिने सर्कल अवार्ड’ थाप्न जादा शर्माले यस्तो पहिरन लगाएकी थिइन । 

शर्माले आफ्नो फेसबुक वालमा फोटो पोष्ट गरेरकी छन् । उनले गरेको पोस्टमा ९ सय जना भन्दा धेरैले प्रतिक्रिया व्यक्त गरेका छन् । प्रतिक्रियामा धेरैले प्रशंसा गरेका छन भने केहीले तिखो आलोचना गरेका छन् ।  उनले फोटो सँगै केही शब्द पनि लेखेकी छन् । उनले लेखेको शब्द जस्ताको त्यस्तै  । फोटो भदा तल ।

‘कहिले गीत बनेर तपाइको मनमा गुञ्जिदै गर्दा त कहिले छाया बनेर तपाई दर्शक सँगै मायाको शीतलता मा रमाउँदै गर्दा थाहै नपाई यो रंगीन संसारको अनवरत यात्रामा दौडिरहेकी छु । एउटा कलाकारका लागि दर्शकको माया नै सबैभन्दा ठूलो अवार्ड हुने रहेछ । जिन्दगीमा जे जस्ता वाधा, अवरोध आएपनि सँधै मिहिनेत गर्ने शक्ति भगवान् र दर्शकबाट प्राप्त भइरहोस् भन्ने चाहना छ । मलाई यो अवार्डको हकदार सम्झदै अझै परिश्रम गर्न हौसला दिने ‘एलजी सिने सर्कल अवार्ड’ परिवार, दिनेश डीसी दाइ र जुरीलाई विशेष आभार व्यक्त गर्न चाहन्छु ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर