Aamsanchar

मिडियाले आफ्नो चरित्रमाथि बलात्कार गरेको आरजुकाे आरोप

Author Image
सोमवार, जेठ १, २०८०

काठमाडौं : नेपाली कांग्रेसकी सांसद डा.आरजु राणा देउवाले मिडियाले आफ्नो चरित्रमाथि बलात्कार गरेको आरोप लगाएकी छिन्।

सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको भन्दै आफ्नो नाममा बाहिर ल्याइएको अडियो नक्कली रहेको भन्दै यस्तो बताएकी हुन्।

‘सबैले देखिरहनुभएकै होला म भौतिक रुपमै यहाँ उपस्थित छु, हाम्रो देशमा फेक न्यूज र मिडियाको अवस्था पराकाष्ठामा पुगेको रहेछ।’ उनले भनिन्, ‘मिडियले कतिपय अवस्थामा सुसाइड गर्ने अवस्थामा पुर्‍याएको छ, यसमा सरकारको अनुगमन हुनुपर्यो।’

शरणार्थी प्रकरणमा आफूलाई मुछिएको अडियोको फरेन्सिक टेष्टका लागि सिआइबी र साइबर क्राइम सेलमा निवेदन दिएको पनि देउवाले बताइन्। उनले त्यो निवेदन दर्ता गर्न पनि आनाकानी भएको र तीन घण्टा लागेको गुनासो गरिन्।

उनले नेपालीहरु देशको नागरिकता त्यागेर शरणार्थी बनेर अमेरिका जान तयार हुनुपर्ने अवस्थाबारे पनि राजनीतिमा छलफल हुनुपर्ने बताइन्। उनले यो काण्ड देशविरुद्धकै अपराध भएको भन्दै निष्पक्ष छानबिन हुनुपर्ने उल्लेख गरिन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर