![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/05/InShot_20230515_145909696.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
एजेन्सी । मेक्सिकोमा सवारी दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । उत्तरी राज्य तमौलिपासस्थित ज्वलंत राजमार्गमा आइतबार एउटा यात्रुवाहक भ्यान र मालवाहक ट्रक ठोक्किँदा २६ जनाको मृत्यु भएको हो ।
ट्रक र भ्यान ठोक्किँदा आगो लागेर २६ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । मालबहाक ट्रेलरलाई तान्ने अगाडिको भाग भने दुर्घटनास्थलमा भेटिएको छैन ।चालकले ट्रेलरबाट छुटाएर भागेको हुन सक्ने प्रहरीको अनुमान छ । उक्त राज्यको राजधानी सियुदाद भिक्टोरिया नजिकको राजमार्गमा दुर्घटना भएको हो । भ्यानमा परिवारका सदस्यहरू घुमघामका लागि निस्किएका थिए ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
फेला परेका कागजातअनुसार उनीहरू मेक्सिको नजिकैको सहरका बासिन्दा रहेको खुलेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको मेक्सिका प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 82