Aamsanchar

बिर्तामोडको तीनवटा वडा छुने ५१ करोड २९ लाख माथि बजेटको सडक शिलान्यास

Author Image
मङ्गलवार, जेठ २, २०८०

बिर्तामोड। बिर्तामोड नगरपालिकाको नगर गौरवको आयोजनाका रुपमा रहेको बुट्टाबारी प्याकुरेल चौक सडक खण्डको स्तरोन्नतिका लागि शिलान्यास भएको छ ।

बुट्टाबारीमा आज आयोजित एक समारोहकाबीच ६ दशमलब २ किलोमिटर लम्बाइ रहेको सडकको शिलान्यास भएको हो । कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रादेवी महतारा प्रसाईँले सडक शिलान्यास गर्दै सो सडक नगर गौरवको आयोजनाका रुपमा रहेको बताइन।

विश्व बैंकको ५१ करोड २९ लाख ६१ हजार ३७२ रुपैयाँको लागतमा निर्माण हुने सो सडक दुई वर्ष भित्र सम्पन्न गर्ने सम्झौता भएको छ । १२ मिटर चौडाइ रहेको यो सडकलाई ७ मिटरमा कालोपत्रे गरिने बताइएको छ । सडकको दाया वायाँ डेन निर्माण गरिने छ भने सडकको दुवै तर्फ सडक बत्ती, गार्डेन , फुटपाथ रहने छ ।

सडक निर्माणका लागि आरपी  स्याप समता जेभिले ठेक्का पाएको छ भने परामर्श दाताका रुपमा डिभी मल्टीशिल्ट उदयगंगा रिदाग आरसी जेभी रहेको छ ।  सडकले बिर्तामोड ६, ७ र ८ नम्बर वडा जोड्दै सदरमुकाम चन्द्रगढी जान सहज हुने छ ।

सडकको विषयमा नगरपालिकाका इन्जिनियर नरेन्द्र श्रेष्ठले प्रकाश पारेका थिए । बिर्तामोड नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सूर्य कन्दङवाको अध्यक्षतामा भएको कार्यक्रममा  नेकपा एमालेका बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई , राप्रपाका जिल्ला उपाध्यक्ष ध्रुव उप्रेती, नेकपा माओवादीका जेबी जबेगु लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगरपालिकाका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले गरेका थिए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)