Aamsanchar

सुनकाे भाउ आज

Author Image
बुधवार, जेठ ३, २०८०

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।  मंगलबार प्रतितोला एक सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला ११ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार पाँचसय रूपैयाँ कायम छ।

यो साता लगातार स्थिर रहेको चाँदीको मूल्य पनि बुधबार घटेको छ। बुधबार तोलामा पाँच रूपैयाँले घटेको चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय ७० रूपैयाँ कायम छ।

Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर