Aamsanchar

यात्रु प्रति अभद्र व्यवहार गर्ने डल्फिन यातायातलाई झापा ट्राफिकले गर्यो कारवाही 

Author Image
बुधवार, जेठ ३, २०८०

झापा । यात्रु सँग वादविवाद र अभद्र व्यवहार गरेको र भाडा लिएको गन्तव्य सम्म नपुर्याई बाटोमै यात्रुहरूलाई अलपत्र पार्ने काँकडभिट्टा –विराटनगर चल्ने डल्फिन यातायात प्रा.लि. द्वारा सञ्चालित प्र१–०१–००१ ख ३४१५ नम्बरको बसको कर्मचारीलाई अब आइन्दा आफ्नो व्यवहार सच्याउन चेतावनी सहित जिल्ला प्रहरी कार्यालय झापाले १ हजार ५०० जरिवाना गरेर कारवाही गरेको छ ।

कारवाहीमा परेको डल्फिन यातायात ।

एक दिन अगाडि झापा दमकका ध्रुव न्यौपाने विराटनगरबाट दमक आउने क्रममा डल्फिन नामको बसले उर्लाबारीबाट अगाडि बस नजाने र सबै यात्रु उत्रिनु पर्ने भने पछि दमक सम्मको भाडा लिने अनि यात्रुलाई मन्तव्य सम्म नपुर्याउने भनेर प्रश्न गर्दा बसका कर्मचारीले अभद्र व्यवहार गरेर भनेर सामाजिक सञ्जालमा पोष्ट गरेका थियो सो पोस्टको आधारमा झापा अर्जुनधाराका कौशल भण्डारीले जिल्ला ट्राफिक कार्यालय बिर्तामोडमा उक्त बस चालकलाई कारवाहीको माग गरेर निवेदन हाले पछि सवारी यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रवीन जोशी ज्ञवालीले बताए ।

पीडित ध्रुव न्यौपाने फेसबुकमा पोष्ट गरेको गुनासो ।

सार्वजनिक यातायात कर्मचारीहरूले यात्रुमाथि गर्ने सानो ठुलो अभद्र व्यवहार भएको जानकारी  ट्राफिकलाई तुरुन्तै जानकारी गराउन सर्वसाधारण समक्ष ज्ञवालीले अपील पनि गरेका छन् ।

आज बिर्तामोड स्थित ट्राफिक प्रहरी कार्यालयमा बस सञ्चालकको प्रतिनिधि उपस्थित गराई अब आइन्दा सवारी यातायात व्यवस्था ऐन विपरित कार्य नगर्ने भनी कागज गराएइएको प्रहरी सहायक निरीक्षक यमकुमार खड्काले जानकारी दिए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
52
+1
10
+1
4
+1
3
+1
0
+1
2
+1
2
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर