Aamsanchar

मेचीनगरको प्यारीभिट्टामा बसपार्क सञ्चालनको तयारीमा

बस टर्मिनल तथा प्यारीभिट्टा बसपार्क व्यवस्थापन समितिको संयोजकमा घिमिरे

Author Image
बुधवार, जेठ ३, २०८०

मेचीनगर । झापाको मेचीनगर—७ स्थित प्यारीभिट्टा बसपार्क सञ्चालनका लागि नयाँ समिति गठन भएको छ । मेचीनगर नगर कार्यपालिकाको बैशाख ८ गते सम्पन्न पूर्ण बैठकले गठित बस टर्मिनल तथा प्यारीभिट्टा बसपार्क व्यवस्थापन समितिको संयोजक तात्कालिक काँकरभिट्टा गाविसका अध्यक्ष डिल्लीराम घिमिरेलाई जिम्मेवारी प्रदान गरेको छ । बैठकले घिमिरेको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको छ ।

नगरपालिका स्रोतका अनुसार वैठकले समितिको सदस्यहरुमा बन्धनकुमार मुण्डा, माधवलाल अर्याल, सुशील आचार्य, सुरेन्द्र बुढाथोकी, ओमप्रकाश खापुङ्ग, वीरबहादुर श्रेष्ठ, राजु शिवाकोटी, विष्णुकुमार श्रेष्ठ, सुदर्शन खड्का, केशव गिरी, मोहन रिजाल, हाकिमप्रसाद तिम्सिना, निरबहादुर कार्की नेत्र, सुरेशकुमार श्रेष्ठलाई चयन गरेको छ ।

बुधबार मेचीनगर नगरपालिका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा मेचीनगर नगरपालिका र समितिको पहिलो बैठक सम्पन्न भयो । वैठकमा नगरप्रमुख बुढाथोकीले नगरपालिकाकोतर्फबाट नगर कार्यपालिकाको बैठकबाट गठित समितिका संयोजकसहित सबै पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

बैठकमा नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले विगतदेखि वर्तमानसम्मको बसपार्क र टर्मिनलका बारेमा सहभागीहरूलाई जानकारी गराउनुभयो । प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले प्यारीभिट्टा बसपार्कमा बस किन पार्किङ हुर्दैनन् वा किन सवारीका साधन प्रवेश गर्दैनन् रु किन लैजान सकेनौ,रु बस छिर्न के कारणले गाहे भयो रु बीचमा बस गए पछि किन गएनन् रु कारण खोज्नुपर्ने बताउनुभयो । बस टर्मिनल तथा प्यारीभिट्टा बसपार्क व्यवस्थापन समिति संयोजक डिल्लीराम घिमिरेले समितिले तीव्ररुपमा काम शुरु गरेर चाडै बसपार्क सञ्चालनमा ल्याउने बताउनुभयो । उहाँले मेचीनगर वडा नम्बर ६ र ७ का वडाध्यक्ष क्रमश ललितबहादुर तामाङ्ग र प्रल्हादमणि ओलीलाई समितिको पदेन सदस्यकारुपमा सहभागी गराउन नगरपालिकासँग आग्रह गर्नुभयो ।

बसपार्कलाई पूर्वाधारयुक्त बनाउन नगरपालिकाले धेरै संरचना निर्माण गरिसकेको छ । तर, समयमै बसपार्क सञ्चालन नहुन सक्दा सामान चोरीहुने घटना बढेको, लागूऔषध सेवनकर्ताले बसपार्कभित्र प्रयोग गर्न थालेको बैठकमा बताईएको थियो । वरिपरि पर्खाल निर्माण गरिएको छ । उत्तरतिर पसल निर्माण गरिएका छन् । पूर्वी किनारमा ग्यारेजका लागि पूर्वाधार निर्माण गरिएको छ । सुरक्षा बन्दोबस्तका लागि आवास भवनसहितको प्रहरी पोस्ट बसपार्कमा निर्माण गरिएको छ । रात्रिकालीन उज्यालोका लागि विद्युत् र सौर्यबत्तीको पर्याप्त व्यवस्था मिलाइएको छ । राजमार्गबाट बसपार्क जोड्ने पहुँचमार्ग कालोपत्र गरिएको छ । तर बसपार्क नै सञ्चालनमा नआएपछि ती संरचना सबै जीर्ण अवस्थामा पुगेको भन्दै सहभागीहरूले अब तत्काल बसपार्क सञ्चालनमा ल्याउन जोड दिएका थिए ।

नवगठित समिति बसपार्क तत्काल सञ्चालनमा ल्याउन अघि बढ्ने र बसपार्कक्षेत्रमा रहेको विद्युत, खानेपानी शौचालयको उचित व्यवस्था मिलाउन नगरपालिका लाग्नुपर्ने संयोजक घिमिरेको भनाई छ । समितिका सदस्य एवम् पूर्वी नेपाल यातायात प्रालिका अध्यक्ष केशव गिरीले विगतमा थुप्रै ग्यारेजहरु नगरपालिकाले निर्माण गरिदिइएको टहरामा आए पनि विद्युत समस्याका कारण फिर्ता जानु परेको बताउनुभयो । उहाँले पूर्व पश्चिम लोकमार्गमा रहेका ग्यारेजहरु बसपार्क भित्र ल्याउन सके यातायातका साधन आफै बसपार्कभित्र प्रवेश गर्ने बताउनुभयो ।

सहभागीहरू सुरक्षा व्यवस्थाकालागि नेपाल प्रहरी र ट्राफिक प्रहरीको पोस्ट बसपार्क परिसरमै राख्ने निचोडमा पुगेका छन् । नेपालको पूर्वी नाका काँकरभिट्टाको बस टर्मिनलको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले प्याराभिट्टामा बसपार्क निर्माण गरिएको हा े। भारत, भूटान र बङ्गलादेशसँगको व्यापारिक नाका काँकरभिट्टा पर्यटक भित्रिने प्रवेशमार्ग हो । प्याराभिट्टाबाट लामो तथा छोटो दूरीका दैनिक पाँच सयभन्दा बढी बस सञ्चालन हुँदै आएका छन् ।

बजारको बीच भागमा रहेको दुई दशक पुरानो बस टर्मिनल अहिले साँघुरो भइसकेको छ। बसको पार्किङ र यात्रुको व्यवस्थापन सकसपूर्ण हुने गरेको छ । पचासौँ वर्षपछिसम्मको आवश्यकतालाई दृष्टिगत गरी राजमार्ग छेउमा २०७० सालमा प्यारीभिट्टा बसपार्क निर्माण थालिएको थियो । झण्डै दुई सय बस एकैपटकमा पार्किङ गर्न सकिने क्षमताको उक्त बसपार्क निर्माण गरिएको थियो ।

मेचीनगर नगरपालिकाले आन्तरिक स्रोतबाट तीन करोड ३६ लाख र नगर विकास कोषको सात करोड ७७ लाख जुटाएर संयुक्त लगानीमा बसपार्क निर्माण अघि बढाइएको थियो । बसपार्क बनाउन स्थानीय शिवकुमार थापा, ध्रुव शिवाकोटीलगायत १२ जनाले करोडौँ मूल्य बराबरको पाँच बिघा चार कठ्ठा जग्गा नगरपालिकालाई निःशुल्क प्रदान गर्नुभएको थियो । विसं २०६८ असार १९ गते शिलान्यास गरेर दमकको लामा मैनाचुली शिवशक्तिले निर्माण थालेको थियो । दुई वर्षमा निर्माण भएको बसपार्क २०७४ भदौ १५ गते मेचीनगर नगरप्रमुख विमल आचार्य र संस्थापक नगरप्रमुख रविन कोइरालाले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो ।

बैठकमा नगर प्रमुख गोपालचन्द्र बुढाथोकी नगर प्रमुख, उपप्रमुख मीना पोखरेल उप्रेती प्रमुख प्रशासकीय अधिकृत महेश पराजुली, वडानम्बर ५, ६ र ७ का वडाध्यक्षहरू क्रमश कनकबहादुर कार्की, श्री ललितबहादुर तामाङ्ग प्रल्हादमणि ओली, कार्यपालिका सदस्य हृदय राजवंशी, बस टर्मिनल तथा प्यारीभिट्टा बसपार्क व्यवस्थापन समिति संयोजक डिल्लीराम घिमिरे समितिका सदस्यहरू बन्धनकुमार मुण्डा, सुशील आचार्य, सुरेन्द्र बुढाथोकी , वीरबहादुर श्रेष्ठ, राजु शिवाकोटी , विष्णुकुमार श्रेष्ठ, सुदर्शन खड्का, केशव गिरी, मोहन रिजाल, हाकिमप्रसाद तिम्सिना, निरबहादुर कार्की नेत्र र सुरेशकुमार श्रेष्ठ सहभागी हुनुहुन्थयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर