Aamsanchar

नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्ने पहिलो प्रहरी बने पुरुषोत्तम

Author Image
बुधवार, जेठ ३, २०८०

काठमाडौं । नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी  वरिष्‍ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीले  सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को १०० औं सदस्यता प्राप्‍त गरेको नेपालले इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने कार्यक्रम अन्तर्गत नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक सगरमाथा चढ्ने प्रहरी बनेका छन् नेपाली ।

आरोही नेपालीले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरीको  र इन्टरपोल एचक्यु को झण्डा फहराउन सफल भएका छन् ।

वैशाख २ गते काठमाडौंबाट प्रस्थान गरेका नेपालीले जेठ ३ गते आरोहण पुरा गरेका हुन ।

२०३१ सालमा नेपाल प्रहरीको ९ सदस्यीय टोलीले ६९२० मिटर उचाइको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । त्यस्तै  २०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले ६११९ मिटर उचाइको लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेका थिए ।

आरोहणले इन्टरपोलको शताब्दी वर्ष भव्यतापूर्वक मनाइएको सन्देश विश्वसामु प्रवाह हुनुका साथै नेपाल लगायत इन्टरपोलका सदस्य राष्ट्रहरूको आपराधिक कृयाकलापहरू विरुद्ध ऐक्यवद्धता रहेको र नेपाल प्रहरीको यस सफल आरोहणले विश्वभरका पर्वतारोही पर्यटकहरूमा थप सुरक्षाको अनुभूति दिलाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धन भई अर्थतन्त्रमा समेत टेवा पुग्ने प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर