इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत बुधवार राति भएको खेलमा पञ्जाब किंग्सलाई १५ रनले हराउँदै दिल्ली क्यापिटलले जितेको छ ।
शुरूआती ब्याटिङ गरेको दिल्लीले २० ओभर खेलेर २१३ रन बनाएको थियो । २१४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको पञ्जाबले २० ओभर खेल्दै ८ विकेटमा १९८ रन मात्रै बनाउन सक्यो ।खेलमा पञ्जाबका लागि लियम लिविङ्गस्टोनले ९४ रन बनाए भने दिल्लीका एनरिक नोकियाले २ विकेट लिए ।
यो हारसँगै पञ्जाबको प्लेअफको ढोका लगभग बन्द भएको छ । पञ्जाबको खातामा १२ अंक छन् भने उसले अब १ खेल अझै खेल्नुपर्नेछ । दिल्ली पनि प्लेअफको दौडबाट बाहिरिइसकेको छ । दिल्ली १० अंकका साथ अंक तालिकाको नवौं नम्बरमा छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 238