Aamsanchar

प्रधानमन्त्री प्रचण्डले भने : लडाकुको नाममा भ्रष्टाचार गरेको पुष्टि भए जेल जान तयार छु

Author Image
बिहिवार, जेठ ४, २०८०

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी पूर्वलडाकुको नाममा भ्रष्टाचार भएको भन्ने आरोपहरू केवल आरोप मात्र भएको बताएका छन्।

संघीय संसद्‍अन्तर्गत  आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्नोत्तर कार्यक्रममा राप्रपाका सांसद् ज्ञानेन्द्र शाहीले ८४६० पूर्व लडाकुको नाममा अर्बौं रुपैयाँ गएको छ। ती लडाकु को हुन्? अनि क्यान्टोन्मेन्टमा भएको भ्रष्टाचारमा छानविन गर्न तयार हुनुहुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री दाहालले भने क्यान्टोन्टमेन्टमा भएको घोटलाबारे कसैले छानविन गरेर आफू दोषी भए जेल जान तयार बताए।

उक्त क्यान्टोन्टमेन्टको भ्रष्टाचारको आरोप कपोलकल्पित मात्र रहेको प्रधानमन्त्री दाहालले बताए।

प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीले प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्थाबमोजिम  प्रधानमन्त्री प्रचण्डले सांसदहरूको प्रश्‍नको उत्तर दिएका हुन्।

नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने भनिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर