Aamsanchar

उपत्यका बाहिर पहिलो पटक बिर्तामोड क्यु एफ एक्समा हलिउड फिल्मको प्रिमियर सो

Author Image
बिहिवार, जेठ ४, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको मल्टिप्लेक्स सिनेमा हल क्युएफएक्स (QFX) मा हलिउड (अंग्रेजी चलचित्र) फास्ट एक्सको प्रिमियर सो भएको छ ।

आज (विहिबार) एक औपचारिक कार्यक्रम गरि उक्त चलचित्रको प्रिमियर सो भएको हो ।

काठमाडौं उपत्यका बाहिर पहिलो पटक बिर्तामोडको वान स्टप मलमा रहेको QFX हलमा हलिउड फिल्मको प्रिमियर सो भएको नेपालका लागि QFX का प्रतिनिधि भाष्कर ढुङ्गानाले बताए ।

फिल्म वितरक संस्था युनाइटेड इन्टरनेशन पिक्चर्स र एप्पल इन्टरटेनमेन्ट प्रा.लि. को संयोजनमा प्रिमियर सो को आयोजना गरिएको हो ।

भोलि देखि रिलिज हुने फास्ट एक्स  प्रिमियर विशेष गरी “फास्ट एन्ड फुरोयस“ चलचित्रको लागि उत्सुक फ्रेन्चाइज प्रशंसकहरू प्रति  समर्पित छ । QFX छाया सिनेमा, काठमाडौंमा फिल्म ब्ल्याक एडमको सफल प्रिमियरपछि एप्पल इन्टरटेनमेन्ट ले आयोजना गरेको यो अर्को विशेष शो हो । कम्पनीले यसअघि अलिता ब्याटल एन्जल, डेडपुल २, किंग्सम्यानः द गोल्डेन सर्कल, लोगन, द बोस बेबी, स्पाइडर म्यान होमकमिङ जुमान्जी, वेलकम टु द जङ्गल, स्पाइडरम्यान नो वे होम जस्ता चलचित्रहरूको प्रिमियर र प्रमोशन कार्यक्रमहरू आयोजना गरिसकेको एप्पल इन्टरटेनमेन्टकी जेनिसा पहारीले जानकारी दिइन ।

धेरै मिसनहरूमा र असम्भव बाधाहरूको बिरूद्ध हुने, डोम टोरेटो र उनको परिवारले आफ्नो मार्गमा हरेक शत्रुलाई आउट स्मार्ट र बाहिर निकालेका छन्। अब, उनीहरूले सबैभन्दा घातक प्रतिद्वन्द्वीको सामना गर्नुपर्नेछ जुन उनीहरूले सामना गरेका छन्। बदलाले उत्तेजित, डोमको संसारलाई चकनाचूर गर्न र सबैलाई नष्ट गर्नको लागि विगतको छायाँबाट डरलाग्दो खतरा उत्पन्न हुन्छ  र सबैलाई माया गरेको कथा रहेको छ ।

हलिउड चलचित्र बिर्तामोडमा प्रिमियर सो भएकोमा अत्यन्तै खुशी लागेको र बिर्तामोडमा अंग्रेजी चलचित्र हेर्ने दर्शकको संख्या धेरै रहेकोले यो प्रिमियर शो साथै प्रेस मिटले ले झापाली दर्शकहरूलाई चलचित्र हेर्न आउन प्रोत्साहन गर्ने हलका सञ्चालक मिजास  पोखरेलले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर