


काठमाडौँ । भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेसम्बन्धी ठगी कार्यमा उनको समेत मिलेमतो रहेको आरोपमा प्रहरीले उनलाई आज सोधपुछका लागि बोलाइको थियोे।
सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेका रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवालीले पुष्टि गरे । यसअघि भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मोरङका सागर राईले रिजाललाई समेत मुछेका थिए । उनले बयानका क्रममा रिजाललाई ७ लाख रुपैयाँ दिएको दाबी गरेका थिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
+1
1
+1
+1
+1
1
+1
Views: 336