Aamsanchar

राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृत

Author Image
शुक्रवार, जेठ ५, २०८०

काठमाण्डाै – राष्ट्रिय सभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८०’ स्वीकृत भएको छ ।

राष्ट्रिय सभाको आज शुक्रवारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रस्तुत गर्नुभएको त्याे अध्यादेश सर्वसम्मतिबाट स्वीकृत भएको हो ।

यस्तै सरकारले कोरोना महामारी नियन्त्रण गर्न ल्याएको ‘कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक २०७८’ संसदबाट फिर्ता लिएको छ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतका तर्फबाट श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री भण्डारीले त्याे विधेयक फिर्ता लिने अनुमतिको प्रस्ताव पेस गर्नुभएको थियो । त्याे प्रस्ताव सभाको सर्वसम्मतिबाट स्वीकृत भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर