Aamsanchar

चलचित्र ‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक

Author Image
शुक्रवार, जेठ ५, २०८०

काठमाडौं – नेपाली कथानक चलचित्र ‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा वैदेशिक रोजगारी, वेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातीय प्रेममा आउने उतार–चढाव देखिन्छ ।

जेठ २६ बाट प्रदर्शन हुने चलचित्रमा बुद्दि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदीप ढकाल, सन्दीप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्कीलगायत कलाकारको अभिनय छ ।

तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको चलचित्रमा सरोज पौडेलको लेखन तथा निर्देशन छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर