Aamsanchar

कचनकवलको एक सामुदायिक वनमा नीतिगत भ्रष्टाचार, उपभोक्ताले दिए पालिकामा उजुरी    

Author Image
शुक्रवार, जेठ ५, २०८०

झापा । झापाको कचनकवल–७ बालुबाडीमा रहेको श्री दिपज्योति सामुदायिक वन उपभोक्ता समूहले सामुदायिक वन बाट सशुल्क कुनैपनि वन पैदावार बस्तु माग र उपभोग गर्न नसक्ने सोझासिधा विपन्न वर्गका उपभोक्ताको नाम देखाएर गैर उपभोक्तालाई काठ बिक्री गरेको पाइएको छ ।

सामुदायिक वनबाट ९ जना व्यक्तिहरूको नाममा ७५.९ किवी काठ बेचेको पाइएको हो । चण्डी भट्टामा रहेको काठ चिराउने मिलमा सखुवाका ३ वटा गोलिया नक्कली उपभोक्ताको नाममा बरामद भए पछि घटना बाहिरिएको हो ।

सामुदायिक वन समितिले उपभोक्तालाई सखुवा जातको लकडी प्रति क्युफिट ७ सय रुपैयाँ मा बिक्री गर्दै आएको छ भने  उक्त काठलाई सेटिङ मिलाएर २ हजार ४०० रुपैयाँ प्रति क्युफिटका दरले अन्यत्र बिक्री गरेर नीतिगत भष्ट्राचार गरेको आरोप लागेको छ ।

उपभोक्ताहरू पदम राजवंशी, छेपालाल राजबंशी, आदुल राजवंशी, मंगलसिंह राजवंशी, मेहेल राजवंशी, देवनारायण राजवंशी, आसारी राजवंशी, विष्णु राजवंशी, गमसरी राजवंशीको नाममा काठ बिक्री भएको रेकड  छ । तर यि उपभोक्ताले भने काठ माग नगरेको र खरिद पनि नगरेको जनाइएको छ ।

घटनाको बारेमा सामुदायिक वन समुहकी सचिव पुष्पा कार्की समक्ष आमसंचार कर्मीले बुझ्नको लागि ९८१४०९२८१९ मा फोन गर्दा कुनै पुरुष व्यक्तिले फोन उठाए ।  उनी सँग सम्बन्धित व्यक्ति सचिव पुष्पा कार्की सँग टेलिफोन संवाद गराइदिन आग्रह गर्दा ति व्यक्तिले निक्कै केरकार गरे, उनले भने ‘तपाई काहाबाट को बोल्नु भयो, तपाई कचन कवलकै व्यक्ति हो ।’ जवाफमा होइन पत्रकार हुँ बिर्तामोडबाट बोलेको सामुदायिक वनबाट भष्ट्राचार भयो भनेर गाउँपालिकामा निवेदन परेको छ यस बारे सामुदायिक वनको तर्फबाट के भनाई छ भनेर बुझन खोजेको भने पछि  ति पुरुष व्यक्ति हतारिँदै म चिन्दिन भनेर फोन काटे । पुनः अर्को पटक फोन गर्दा रिङ जाँदाजादै फोन काटे पछि कुराकानी हुन सकेन ।

त्यस्तै २०७९ चैत ११ गते उपभोक्ताहरू घनश्याम राजवंशी, अनसरी राजवंशी, चन्द्रसिंह राजवंशी, मेमलाल राजवंशी र अशोक राजवंशीको नाममा बालुबाडीका चक्र राजवंशीले ५६.६० किवी काठ २ हजार ४०० का दरले र अन्य कर सहित १ लाख ५० हजार बुझाएकोमा सामुदायिक वनबाट भने  ७ सय रुपैयाँको दरले ३९ हजार मात्रको बिल बनाएर  नीतिगत भ्रष्ट्राचार गरेको  एक स्थानीयले बताए । उनले भने ‘अहिले सम्म धेरै भ्रष्टाचार भएको हुन सक्छ सुस्म रूपले छानविन हुनु पर्छ ।’

आफ्नो नाम देखाएर अरुलाई काठ बिक्री गरेको थाहा पाएपछि स्थानीय उपभोक्ताहरू आसारी राजवंशी र गमसरी राजवंशीले छानविन गरेर दोषी उपर कारवाहीको माग राख्दै कचनकवल गाउँपालिकामा निवेदन दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर